text/x-generic nav.blade.php ( ASCII text )

त्रिविमा आर्थिक उपनियन्त्रकहरुको सेवाकालीन तालिम शुरु 

  • Time: 2021-06-23 18:02:40
  • Page Visit: 1505

आषाढ ६ गते 
कीर्तिपुर/त्रिवि जनशक्ति विकास तथा कल्याण कार्यक्रम अन्तरगत समन्वय महाशाखा र खुला तथा दुर शिक्षा केन्द्रको तत्वावधानमा सञ्चालित आर्थिक उपनियन्त्रकहरुको दुई हप्ते सेवाकालीन तालिम कार्यक्रम आषाढ १ गतेदेखि १४ गतेसम्म अनलाइन प्रविधिबाट सञ्चालन भइरहेको छ । यस अघि समन्वय महाशाखाले अनलाइनबाटै उपप्रशासकहरुको सेवाकालीन तालिम दुई हप्ता र शाखा अधिकृत तथा लेखा अधिकृतहरुको सेवाकालीन तालिम दुई हप्ता अनलाइन प्रविधिबाट सम्पन्न गरिसकेको छ ।