text/x-generic nav.blade.php ( ASCII text )

अनलाइन सफ्टवेयरबारे बोर्ड बैठकमा अभिमुखीकरण

  • Time: 2021-06-27 18:44:12
  • Page Visit: 3433
img

कीर्तिपुर, आषाढ १३ 
त्रिवि पाठ्यक्रम विकास केन्द्र अन्तरगत रहेको स्तर निर्धारण तथा समकक्षता समितिको बैठकमा समकक्षता प्रमाणपत्र प्रदान गर्ने कार्य अनलाइनको माध्यमबाट सञ्चालन गर्न निर्माण गरिएको समकक्षतासम्बन्धी अनलाइन आवेदनको सफ्टवेयर प्रयोगसम्बन्धी जानकारी गरिएको छ । 
शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालको अध्यक्षतामा आज बसेको बैठकमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका उपप्राध्यापक जगदीश भट्टले पाठ्यक्रम विकास केन्द्रको वेवसाइटभित्र प्रवेश गरी सफ्टवेयर प्रयोगसम्बन्धी विषयवस्तुमा प्रस्तुतीकरण एवम् सहजीकरण गर्नुभएको थियो । 
सहजकर्ता भट्टले वेवसाइटमा गई सफ्टवेयरमार्फत विद्यार्थीले कसरी आवेदन फारम प्रविष्ट गर्ने, प्राप्त हुन आएका फारमहरुलाई कसरी रुजु गरी समकक्षताको प्रमाणपत्र दिन सकिन्छ भनी डेमो गरेर प्रस्तुतीकरण गर्नुभएको थियो । साथै सफ्टवेयरको एडमिन प्यानलको प्रयोग र यसका विशेषताहरुमा समेत उहाँले बैठकमा जानकारी गराउनु भएको थियो । बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले विगत दुई वर्षदेखि अनलाइन प्रणालीमा सेवा प्रवाहको लागि कार्यालयले प्रयास गरेको भएता पनि सबै पक्षको सक्रिय सहयोग र समन्वयमा यस वर्षदेखि यसमा सफलता प्राप्त हुन लागेको जानकारी दिनुभएको थियो । 
यसैगरी आवेदन दस्तुर तिर्न विद्यार्थीहरुले अनलाइनबाटै इसेवा र खल्ती एप्स्को प्रयोग गरी गर्न सकिने गरी एमओयु भएको र सो रकम पाठ्यक्रम विकास केन्द्रको बैंकखातामा लिँक गरी कसरी प्राप्त हुन्छ भन्ने सम्बन्धमा समेत जानकारी गराइएको थियो । अभिमुखीकरणपश्चात पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारीहरुको सफ्टवेयर सञ्चालनको भुमिका अलग अलग निर्धारण गरी जिम्मेवारी दिने जानकारी गराइएको थियो । अब सफ्टवेयरमार्फत चाँडै अनलाइनमार्फत सेवा प्रवाह थालिने केन्द्रले जनाएको छ । अभिमुखीकरणमा व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुशुम शाक्य, शिक्षाशास्त्र संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकी, कानुन संकायका डीन प्रा.डा. विजयसिं प्रजापति, योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिशकुमार पोखरेल, अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक सहप्रा.डा. विष्णु खनाललगायत बोर्डका सदस्यज्यूहरुको समेत सहभागिता रहेको थियो । छलफलपछि बैठकले अनलाइन सफ्टवेयर लागु गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।