text/x-generic nav.blade.php ( ASCII text )

सेवा निवृत्त कर्मचारीको सम्मानमा बिदाई कार्यक्रम 

  • Time: 2021-07-23 19:51:39
  • Page Visit: 2966
img

कीर्तिपुर, श्रावण ८
चालिस वर्षभन्दा बढी त्रिवि सेवामा कार्यरत रही पाठ्यक्रम विकास केन्द्रबाट ६३ वर्षे उमेरहदका कारण सेवा निवृत्त दक्ष कुचीकार लतान्छा पोडेनीको आज एक कार्यक्रमका बीच बिदाई गरिएको छ । 

गत जेठ २५ गतेदेखि ६३ वर्ष पुरा भई उहाँ सेवा निवृत्त हुनुभएको थियो । त्रिवि पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारीहरुमाझ आज एक कार्यक्रम गरी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले उहाँलाई दोसल्ला ओडाई उहाँलाई सम्मान गर्नुभएको थियो । त्यस्तै निवृत्त कर्मचारीलाई मायाको चिनो प्रदान गर्दै कार्यकारी निर्देशक यादवले उहाँको जिम्मेवारीप्रतिको कर्तव्यनिष्ठता र समयको पालना सबैको लागि अनुकरणीय रहेको बताउनु भयो । आफ्नो जिम्मेवारीको काम उहाँलाई कहिल्यै सम्झाउनु नपरेको र दैनिक नियमित समयमा काम पुरा गर्ने गरेको स्मरण गर्दै प्रमुख यादवले उहाँको त्रिवि सेवामा कार्यरत रहँदाको व्यवहार सबैको लागि सम्झनयोग्य उदाहरणीय कार्य भएको बताउनु भयो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारीहरुले उहाँलाई बिदाई गर्नुभएको थियो । कार्यक्रममा स्तर निर्धारण शाखा प्रमुख सुशील दाहाल, क्रेडिट ट्रान्स्फर शाखा प्रमुख चक्रपाणी लम्साल, उपप्रशासक सुभाषनन्द खरेल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।