त्रिवि पाठ्यक्रम विकास केन्द्रको जरुरी सूचना
- Time: 2021-07-24 10:16:04
- Page Visit: 3443
यस केन्द्रबाट शैक्षिक उपाधिको मान्यता तथा समकक्षता निर्धारण गर्ने सन्दर्भमा यस केन्द्रमा समकक्षताका लागि पेश गरिएका विद्यावारिधि (Ph.D.) तहका शोधपत्र र त्यससंग सम्बन्धित प्रकाशित लेखको मौलिकता परीक्षणका लागि विद्युतीय प्रतिको आवश्यकता भएकोले सोको विद्युतीय प्रति एकल फोल्डरमा यस केन्द्रमा बुझाउन हुन सम्बन्धित पक्षलाई यो सूचना गरिएको छ । विद्यमान समकक्षता प्रकृयालाई अनलाईन आवेदन प्रणालीमा जोडिएको सम्बद्ध सबैमा अवगत गराउँदै विद्यावारिधी तहको समकक्षता आवेदनसंगै शोधपत्र एवम् लेखको विद्युतीय (पेनड्राइभ) पनि उपलब्ध गराउन हुन जानकारी गराइन्छ ।
कार्यकारी निर्देशक
(मिति २०७८ आषाढ २८ गतेको गोरखापत्रमा प्रकाशित सूचना)