text/x-generic nav.blade.php ( ASCII text )

अनिश्चित कालीन तालाबन्दी नखुलेसम्म दैनिक सेवा सुचारु नहुने

  • Time: 2021-07-28 18:33:57
  • Page Visit: 2354

कीर्तिपुर, श्रावण १३ गते 
त्रिवि केन्द्रीय कार्यालय अन्तरगत शिक्षाध्यक्षको कार्यालयमा आजदेखि आँशिक शिक्षकहरुको आन्दोलनका कारण मुल गेटमा नै तालाबन्दी भएकोले त्रिवि पाठ्यक्रम विकास केन्द्रको सेवा प्रवाह प्रभावित भएको छ । पाठ्यक्रम विकास केन्द्रको कार्यालय त्रिवि शिक्षाध्यक्षको कार्यालय भवनमा रहेको छ । 
अनिश्चित कालीन तालाबन्दी नखुलेसम्म पाठ्यक्रम विकास केन्द्रबाट दैनिक प्रदान गरिन्दै आएको समकक्षताको प्रमाणपत्र वितरण, अनलाइनमार्फत प्रक्रियाको लागि आवेदन पेश गरी कागजातहरु कार्यालयमा बुझाउने सेवा लगायत दैनिक प्रशासनीक कार्यहरु सुचारु नहुने व्यहोरा समेत सेवाग्राहीहरुमा अनुरोध छ । 
तालाबन्दी खुलेर परिस्थिति सामान्य भई यस कार्यालयको सेवा सुचारु हुनासाथ यसै वेवसाइटमा अर्को सूचनामार्फत जानकारी गराईने व्यहोरा समेत सेवाग्राहीहरुमा अनुरोध छ ।