text/x-generic nav.blade.php ( ASCII text )

त्रिविको ४७ औं दीक्षान्त समारोहको लागि आवेदन खुल्ला 

  • Time: 2021-09-06 10:19:12
  • Page Visit: 2559
img

बल्खु, २१ भाद्र 
त्रिविको ४७ औं दीक्षान्त समारोहमा भाग लिन आगामी आश्विन २० गतेभित्र अनलाइन आवेदन दिइसक्नु पर्ने गरी त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना जारी गरेको छ । 
गत २०७७ साल आषाढ १ गते (१५ जुन २०२०) देखि २०७८ जेठ ३१ गते (१४ जुन २०२१) सम्म एक वर्षको अवधिमा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तिर्ण गरी परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सिक्रिप्ट लिएका विद्यार्थीहरु र सोहि अवधिम विद्यावारिधि (पिएच.डी.) तह पूरा गरेका विद्यार्थीहरुले ४७ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउने कार्यालयले जनाएको छ । आवेदन अनलाइनबाट भर्नुपर्ने व्यवस्था गरिएको छ । 
शुल्क र धरौटी एकसाथ बुझाउनु पर्ने 
स्नातक तहको लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क २ हजार २ सय र धरौटी एक हजार पाँच सय गरी कुल ३ हजार सात सय, स्नातकोत्तर तथा एम.फिल तहको लागि शुल्क २ हजार ७ सय र धरौटी गरी ४ हजार २ सय तथा पि.एच.डी तहको लागि शुल्क ३ हजार २ सय र धरौटी गरी ४ हजार ७ सय तोकिएको छ । यस पटक दीक्षान्त समारोहमा एक जना मात्र अभिभावक सहभागी गराउन सक्ने र सोको लागि थप ३ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सबै तहलाई धरौटी एक हजार पाँच सय लिने र सो धरौटी रकमबाट ३ सय गाउन स्कार्फ आदिको मर्मत शुल्क भनी कट्टा गरिने सूचनामा जनाइएको छ । दीक्षान्त समारोह भएको एक वर्षभित्र प्रमाणपत्र लिइसक्नुपर्ने, अन्यथा थप जरिवाना लाग्ने समेत सूचनामा जनाइएको छ । 
यस अघि नै त्रिविको वार्षिकोत्सवको अवसरमा दीक्षान्त समारोहमा भाग लिन पाउने विद्यार्थीहरुको विवरण सहितको ५९ औं ग्रेसलिष्ट पारित भइसकेको छ जसमा २९ हजार ७ सय २९ विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने निर्णय भएको छ । 

Title Download Count View Download
त्रिविको ४७ औं दीक्षान्त समारोहको सूचना 0   View   Download