त्रिवि नियमहरुको पुस्तक बिक्रिसम्बन्धी पाठ्यक्रम विकास केन्द्रको जरुरी सूचना
- Time: 2021-09-28 09:07:27
- Page Visit: 5219

कीर्तिपुर, ११ असोज
त्रिभुवन विश्वविद्यालयको नियमहरुको किताब सेट (मिति २०७७/०६/१६ गतेसम्मको संशोधनसहित) प्रकाशन भई पाठ्यक्रम विकास केन्द्रमा प्राप्त भएको छ ।
उक्त रातो किताब सेट नै खरिद गर्न चाहने इच्छुक त्रिविका केन्द्रीय कार्यालय अन्तरगतका महाशाखा, शाखाहरु, केन्द्रीय विभाग, त्रिविका आँगिक क्याम्पस, स्कूल, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालय लगायत सम्पूर्ण निकायहरु एवम् व्यक्तिगत रुपमा खरिद गर्न चाहनु हुने महानुभावहरु समेतको लागि मुल्य तोकिएको हुँदा तोकिएको मुल्य विवरण र रकम जम्मा गर्नुपर्ने बैंक खाताको विवरण समेत उल्लेख गरी अनलाइन अर्डर फारम यस केन्द्रको वेवसाइटमा राखिएको छ ।
कोभिड–१९ महामारीको उच्च जोखिममा कार्यालय सञ्चालन गर्नुपरेको विषम अवस्थालाई मध्यनजर गरी आफ्नो पायक पर्ने नेपाल बैंक लिमिटेडको शाखामा रकम जम्मा गर्नु भई बैंक भौचर समेत अपलोड गर्ने गरी अनलाइनबाटै अर्डर फर्म पेश गर्नुहुन अनुरोध छ । साथै सक्कलै प्रति बैंक भौचर लिएर यस पाठ्यक्रम विकास केन्द्रमा भीडभाड नहुने गरी उपस्थित भई त्रिवि नियमहरुको सेट (रातो किताब) प्राप्त गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पुस्तक खरिद अर्डर गर्न यो लिँक मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् ।