text/x-generic nav.blade.php ( ASCII text )

समकक्षताको आवेदन अब अनलाइनबाट 

  • Time: 2021-06-23 17:45:41
  • Page Visit: 3490

कीर्तिपुर, आषाढ ६ 
सेवाग्राहीहरुको सहजताका लागि त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षताको आवेदन फारम अब अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ । शुल्क भुक्तानीको लागि समेत अनलाइन व्यवस्था गरेर सेवा प्रवाहलाई अनलाइन विधिबाट सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले बताउनु भयो । अब सेवाग्राहीहरुले आफ्नो घरैबाट आवेदन फारम भर्न सक्ने र प्रमाणपत्र लिन मात्र कार्यालयमा आउँदा हुने वातावरण बन्दै गएको उहाँले बताउनु भयो । 
गत वर्ष लकडाउनका कारण करिब चार महिना सेवा प्रभावित भएको थियो भने यस वर्ष समेत कोभिड १९ को दोस्रो लहर शुरु भएसंगै सरकारले गरेको निषेधाज्ञाका कारण कार्यालय बन्द हुँदा विदेशी विश्वविद्यालयहरुको शैक्षिक योग्यताको उपाधि निर्धारण तथा समकक्षता प्रदान गर्ने कार्य प्रभावित हुँदै आएको छ । अब भने सेवाग्राहीहरुलाई सेवा प्राप्त गर्न केहि सहज हुँदै जाने कार्यालयले विश्वास लिएको छ । 

यो अनलाइन सेवासम्बन्धी विस्तृत सूचना चाँडै वेवसाइटमा प्रकाशन गरिनेछ ।