text/x-generic nav.blade.php ( ASCII text )

कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेः त्रिवि उपकुलपति  

  • Time: 2021-06-23 17:47:14
  • Page Visit: 1373

कीर्तिपुर (आषाढ ५)
त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले कर्मचारीहरु प्रविधिमैत्री बन्दै जानुपर्ने बताउनु हुँदै कर्मचारीहरुको लगनशीलता, इमान्दारिताको प्रशंसा गर्नुभएको भएको छ । सूचना प्रविधिको प्रयोगमा कर्मचारीहरुले प्रशासन गतिशिल हुने र आफु कति गतिशिल छौं भनेर बुझ्नुपर्ने बताउनु भयो । सूचना प्रविधिको प्रयोगमा कर्मचारीको क्षमता विकासका तालिमहरु सञ्चालन गर्ने र सेवालाई प्रविधिमैत्री बनाउँदै जाने पनि उहाँले बताउनु भयो । 
गत हप्ता जेठ २८ गते त्रिवि सेवा आयोगको खुला विज्ञापनमार्फत २०७३ सालमा त्रिवि सेवा प्रवेश गरेका कर्मचारीहरुको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उपकुलपति बास्कोटाले सो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रम माइक्रोसफ्ट टिम्समार्फत भर्चुअल रुपमा सम्पन्न भएको थियो । 
कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालले सबै मिलेर त्रिविलाई अहिलेको विषम परिस्थितिमा पनि अगाडि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । यस्तैगरी त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले सबै कर्मचारीहरुलाई वृत्ति विकासमा सहयोग गर्ने बताउनुहुँदै विगतको जस्तो राजनीतिक हस्तक्षेपबाट कार्यसम्पादन मापनलाई मुक्त गर्ने आफु प्रतिबद्ध रहेको बताउनु भयो । 
कार्यक्रममा कर्मचारीहरुले त्रिवि सेवामा शाखा अधिकृत, लेखा अधिकृत र पुस्तकालय अधिकृतको रुपमा कार्य गर्दा प्राप्त गरेका अनुभवहरु, भोग्नु परेका समस्याहरु र आगामी दिनमा त्रिविमा गर्न सकिने भावि कार्यहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि खुला तथा दुर शिक्षा कार्यक्रमका निर्देशक गंगाराम गौतमले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा पदाधिकारीहरु सहित महाशाखा प्रमुख, निकाय प्रमुख र कर्मचारीहरु गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।