text/x-generic nav.blade.php ( ASCII text )

सिनियर कार्यालय सहयोगीको बिदाई 

  • Time: 2021-12-17 13:59:42
  • Page Visit: 1462
img

कीर्तिपुर (पौष २ गते)
त्रिवि पाठ्यक्रम विकास केन्द्रमा कार्यरत सिनियर कार्यालय सहयोगी हरिशरण केसीको आज एक कार्यक्रमका बीच बिदाई गरिएको छ । 
विदाई समारोहमा केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले मायाको चिनो प्रदान गर्दै दोसल्ला ओडाई केसीलाई सम्मान गर्नुभएको थियो । उहाँले निवृत्त जीवन सुखमय र निरोगी रहोस् भनी शुभकामना व्यक्त गर्दै केसी एक जोसिलो र इमान्दार कर्तव्यनिष्ठ कर्मचारी रहेको र पूरा कार्यकाल सफलतापुर्वक पुरा गर्नु भएको भनी उहाँको कार्यकालको प्रशंसा गर्नुभएको थियो । 
यस्तैगरी त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. विनिल अर्यालले निवृत्त कर्मचारीलाई शुभकामना दिँदै बिदाई गरेको नभई सम्मान प्रकट गरेको रुपमा लिनुपर्ने बताउनु भयो ।
सिनियर कर्मचारी केसी बि.संं २०३३ सालमा अस्थायी कर्मचारीको रुपमा त्रिवि सेवामा प्रवेश गरी २०३६ सालदेखि स्थायी सेवामा नियुक्त हुनुभएको थियो । उहाँले त्रिवि सेवामा जम्मा ४४ वर्ष १० महिना १४ दिन कार्य गर्नुभएको थियो । त्रिवि नियमानुसार उहाँको उमेरहदको कारण गत भाद्र महिनामा निवृत्त हुनुभएको थियो । बि.संं २०७१ सालदेखि पाठ्यक्रम विकास केन्द्रमा सरुवा भई आउनु भएका केसी यस अघि सानोठिमी क्याम्पस, प्रिन्सिपलको कार्यालय, शिक्षाशास्त्र संकाय डीनको कार्यालय समेतमा कार्य अनुभव गरिसक्नुभएको थियो ।