text/x-generic nav.blade.php ( ASCII text )

त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह सम्पन्न

  • Time: 2021-12-20 15:49:56
  • Page Visit: 1428
img

बल्खु (५ पौष)

त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह प्रधामन्त्री एवम् कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको छ । त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औं ग्रेससलिष्टमा समावेश भएका २९ हजार ७ सय २९ मध्ये समारोहमा विद्यावारिधि र एम.फिलमा उत्तीर्ण विद्यार्थीहरुलाई सहभागी गराइएको समारोहमा इन्डियन इन्स्च्यिुट अफ टेक्नोलोजीका निर्देशक प्रो.भी.रामगोपाल राव प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक, जीवनोपयोगी र समाज विकासको रुपान्तरणमा सहयोगी हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । मुलुकको लोकतान्त्रिक प्रणालीलाई सवल र सृदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशिल र युग सुहाँउदो वैज्ञानिक र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन विश्वविद्यालयलाई आग्रह गर्नुभएको थियो । नेपालको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुयाउदै आएको त्रिविले भविष्यमा शिक्षाको गुणस्तर थप अभिवृद्धि गरी संस्थागत सृदृढीकरण गर्न समेत सुझाव दिनुभएको थियो

दीक्षान्त समरोहका प्रमुख अतिथि इन्डियन इस्सिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रो.भी.रामगोपाल रावले ४७ औं दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीहरुमा सफलताको कामना गर्नुहुँदै देशको रुपान्तरण र आफुले अध्ययन गरेको संस्थाको गरिमा बढाउन आग्रह गर्नुभयो । निरन्तरता र कठिन परिश्रमवाट नै विश्वमा अकल्पनीय मानिएका उपलब्धिहरु हासिल भएको उल्लेख गर्दै उहाँले जागिर गर्ने नभई अवसरहरु उत्पादन गर्ने जनशक्तिको रुपमा आफूहरु अघि वढ्न उत्पे्रेरित गर्नुभएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले देशको आर्थिक तथा सामाजिक विकासमा उच्च शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालको उच्चशिक्षाको प्रमुख मियोको रुपमा त्रिविले आर्थिक/सामाजिक रुपान्तरणमा प्रभावकारी र शसक्त भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । अनुसन्धानका कार्यहरुलाई आर्थिक/सामाजिक विकाससँग जोडेर लैजानुपर्ने र विज्ञान तथा प्रविधिको विषयलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारको जनशक्ति उत्पादन गरी वेरोजगारी र गरिबी कम गर्ने तर्फ त्रिविको ध्यानाकर्षण समेत गर्नुभयो । आफू स्वयंपनि त्रिविको विद्यार्थी भएको भन्दै सहकुलपति पौडेलले पछिल्लो समयमा विश्वविद्यालयले भोगिरहेको समस्याहरु प्रति आफू जानकार रहेको र उक्त समस्या समाधानको लागी सकरात्मक प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले ४७ औं दीक्षान्त समरोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै ६२ बर्षको गौरवपूर्ण इतिहासमा नेपालको सुगम तथा दुर्गम स्थानमा रहेका आम जनता सामु उच्च शिक्षाको ज्योति फैलाई नेपाली नागरिकहरुलाई शिक्षा दिन र राज्य सञ्चालनमा सहभागी भएका वर्तमान प्रधनमन्त्री देखि, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सत्तापक्ष र प्रतिपक्ष दलका राजनेताहरु, न्यायमूर्तीहरु, संवैधानिक निकायका प्रमुखहरु, विधायकहरु, राष्ट्रसेवकहरु, योजनाकारहरु, विश्वविद्यालयका उपकुलपतीहरु, शिक्षाविद्, प्राविधिकहरु, सुरक्षाकर्मीहरु, कलाकार,सञ्चारकमर्मी लगायत समाजका विविध विधामा सेवारत तथा कार्यरत सक्षम नागरिक पैदा गर्न सफल भएको बताउनुभएको थियो ।