text/x-generic nav.blade.php ( ASCII text )

लकडाउन केहि खुकुलो भएसंगै त्रिविको सेवा आँशिक खुल्ने 

  • Time: 2021-06-23 17:54:12
  • Page Visit: 1435

कीर्तिपुर, आषाढ ६ 
नेपाल सरकारको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौले जारी गरेको निषेधाज्ञा केहि खुकुलो मोडलमा गएसंगै त्रिविले पनि प्रशासनीक कार्य आँशिक रुपमा खोल्ने व्यवस्था मिलाएको छ । आलोपालो गरी आँशिक कर्मचारीहरुको उपस्थितिमा नियमित कामहरु गर्ने  जनाइएको छ । गत बैशाख १६ गतेदेखि शुरु भई पटक पटक गरेर थप हुँदै आएको निषेधाज्ञाका कारण त्रिवि केन्द्रीय कार्यालय लगायत क्याम्पसहरुको प्रशासनीक कार्यहरु ठप्प रहेका थिए । पठनपाठन भने अनलाइन प्रविधिबाट नियमित रुपमा भइरहेको बताइएको छ । पाठ्यक्रम विकास केन्द्रले भने आगामी आषाढ १४ गतेसम्म निषेधाज्ञा जारी नै रहेकोले स्तर निर्धारण तथा समकक्षता समितिको बैठक बस्न समस्या पर्ने हुँदा बाह्य सेवा हाल सुचारु नगरेको बताएको छ ।