text/x-generic nav.blade.php ( ASCII text )

प्राविधिक कर्मचारी भट्टराईको स्वागत

  • Time: 2022-02-04 21:46:57
  • Page Visit: 3881
img

कीर्तिपुर, माघ २१
त्रिवि पाठ्यक्रम विकास केन्द्रमा मुख्य प्राविधिक सहायक (कम्प्युटर) पदमा नियुक्ति पाई हाजिर हुन आउनु भएका कर्मचारी भावना भट्टराईलाई आज स्टाफ बैठक गरी स्वागत गरिएको छ । त्रिवि सेवा आयोगबाट खुल्ला प्रतियोगितामार्फत सिफारिस भई यसै महिनाको पहिलो साता उहाँको नियुक्ति भएको हो । 
उक्त स्टाफ बैठकमा नव नियुक्ति कर्मचारीलाई स्वागत गर्दै पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा पारसनाथ यादवले खुल्ला प्रतिष्पर्धाबाट नियुक्त कर्मचारीले आफ्नो खुवी र क्षमता प्रदर्शन गर्दै सेवाग्राहीलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाठ्यक्रमको सेवा अनलाईन प्रविधिमा शुरुवात भइसकेको अवस्थमा कम्प्युटर प्रविधिको ज्ञान भएको कर्मचारी कार्यालयलाई अझै खाँचो रहेको भएता पनि एक जना कम्प्युटरसंग सम्बन्धित कर्मचारी थप हुँदा सेवाको गुणस्तर अभिवृद्धिमा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । आगामी दिनमा दैनिक सेवाको गुणस्तर अभिवृद्धि गर्न सबैले मिलेर समूहमा कार्य गर्नुपर्ने कार्यालयको प्रकृति रहेको बताउनु हुँदै उहाँले सेवाग्राहीका गुनासाहरु सम्बोधनको लागि हामी सबै मिलेर प्रयास गरौं भन्ने आग्रह गर्नुभयो । कार्यक्रममा समकक्षता स्तर निर्धारण शाखा प्रमुख सुशील दाहाल र क्रेडिट ट्रान्सफर शाखा प्रमुख चक्रपाणी लम्सालले कार्यालयमा कर्मचारीहरु सबैले सक्रियतापुर्वक आफ्नो जिम्मेवारी वहन गर्न सके समस्याहरु समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रशासक सुभाषनन्द खरेल, शाखा अधिकृतहरु पुरुषोत्तम खकुरेल, सुरेन्द्रकृष्ण जोशी, नोदनाथ त्रिताल लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैठकले नियमित रुपमा मासिक स्टाफ बैठक गर्ने र कार्यालयमा आइपर्ने समस्याहरुबारे छलफल र अनुभव आदानप्रदान गर्दै समस्या समाधान गर्दै जाने निर्णय गरेको छ ।