text/x-generic nav.blade.php ( ASCII text )

लेख रचना पठाउने सम्बन्धी सूचना

  • Time: 2022-02-18 13:28:41
  • Page Visit: 3882
img

यस पाठ्यक्रम विकास केन्द्रबाट वार्षिक रुपमा प्रकाशन हुने पाठ्यक्रम विकास पत्रिका (जर्नल) को २०७९ सालमा प्रकाशन हुने वर्ष ३०, अंक ४४ मा समावेश गरिने लेख/रचनाहरु त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पस, केन्द्रीय विभाग तथा कार्यक्रमहरुमा आबद्ध शिक्षक, कर्मचारी एवम् अन्य अनुसन्धानकर्ताले देहाय बमोेजिमको मार्गदर्शन अनुसार प्राज्ञिक तथा उच्च शिक्षाको पाठ्यक्रमसम्बन्धी अनुसन्धानमुलक लेख/रचना आगामी २०७८ चैत्र मसान्तभित्र उपलब्ध गराई दिनुहुन सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ः 
१.     लेख रचना अनुसन्धानमुलक, उच्च शिक्षाको पाठ्यक्रमसम्बन्धी नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्नेछ । 
२.     लेख रचना नेपाली भाषामा भए प्रिति १४ फन्ट एवम् अंग्रेजी भाषामा भए टाइम्स न्यू रोमन १२     फन्टमा लेखिएको हुनुपर्नेछ । 
३.     लेख रचनाको मुल खण्ड तीन हजारदेखि पाँच हजार शब्दसम्मको हुनुपर्नेछ । 
४.     लेख रचनाको सन्दर्भ सूची APA ढाँचा (पछिल्लो संस्करण) बमोजिम राखिएको हुनुपर्नेछ । 
५.     लेख रचनाको पियर रिभ्यू विधिबाट मुल्याँकन गरिने तथा प्लेगारिज्म परिक्षण समेत हुने हुनाले लेख रचनाको डिजिटल प्रति इमेल ठेगाना  tucdcjournal2078@gmail.com मा पठाउनुपर्नेछ । 
६.    लेख रचना बुझाउँदा लेखकको सम्पर्क ठेगानासहित संक्षिप्त बायोडाटा पनि संलग्न हुनुपर्नेछ । 
७.     म्याद समाप्त भई प्राप्त हुने कुनै पनि लेख रचनालाई जर्नलमा समावेश गरिने छैन । लेख रचना     प्रकाशन गर्ने/नगर्ने सम्बन्धमा अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार सम्पादक मण्डलमा हुनेछ । 

सूचना प्रकाशित मितिः २०७८/११/०६

Title Download Count View Download
लेख रचना पठाउने सम्बन्धी सूचना 0   View   Download