text/x-generic nav.blade.php ( ASCII text )

समकक्षता तथा मान्यताबारे पाठ्यक्रम विकास केन्द्रको सूचना

  • Time: 2022-03-28 16:27:48
  • Page Visit: 5363
img

त्रिभुवन विश्वविद्यालयद्धारा जारी उपाधि मान्यता एवम् समकक्षता निर्धारण कार्यविधि २०७८ बमोजिम उपाधि मान्यता र समकक्षता निर्धारण समितिको मिति २०७८ फागुन ३० गतेको निर्णयानुसार त्रिविमा सञ्चालित विषयसंग मिल्ने विषयको समकक्षता तथा सोसंग क्रेडिट आवर, अध्ययन अवधि ७५% वा सोभन्दा बढी मिलेका वा नयाँ विषयलाई सम्बन्धित विषय भनी कम अवधि भएकोमा अवधि खोली मान्यता दिने र सोबाहेक खुला तथा दुर शिक्षा, प्राइभेट, अनलाइन अध्ययन गरेका तथा क्रेडिट आवर र अध्ययन अवधि ७५% भन्दा कम भएका उपाधिहरुलाई माध्यम र अवधि खोली शैक्षिक तहको मात्र मान्यता प्रदान गर्ने निर्णय भएको तथा उपाधि प्रदान गर्ने संस्थामा ५०% भन्दा कम क्रेडिट अध्ययन गरेको अवस्थामा मान्यता तथा समकक्षता प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस केन्द्रबाट संस्थागत समकक्षता लिएका कलेज एवम् शिक्षण संस्थाहरुले पनि यसै सूचनालाई आधार मानी गर्नु गराउनु हुन सूचित गरिन्छ । 
–कार्यकारी निर्देशक 

प्रकाशित मितिः २०७८ चैत्र १० गते