प्लेजारिजम परीक्षणसम्बन्धी सूचना
- Time: 2022-05-23 15:21:54
- Page Visit: 3689

विभिन्न शिक्षण संस्थाबाट पीएच. डी. अध्ययन पुरा गरी यस केन्द्रमा समकक्षता पाउन प्रक्रियागत आवेदन दिनुहुने सम्पूर्ण सेवाग्राहीलाई यस केन्द्रको कार्यालयमा आई माग बमोजिमको आवश्यक कागजातको फायल पेश गर्दा त्रिवि पाठ्यक्रम विकास केन्द्रको नाममा रु. २५००/– अक्षरेपी दुई हजार पाँच सय मात्र जम्मा गरेको सक्कल बैंक भौचरसाथ निम्न अनुसार थेसिसको सफ्टकपी (पेन ड्राइभ) समेत एकैसाथ बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ः
१. शोधपत्रको सम्पूर्ण भाग रहेको एउटा फायल, शीर्षक सहित पहिलो भागमा Introduction/Review of Literature, Materials and Methods आदिको एउटा पि.डि.एफ. टेक्स फायल (PDF Text File) र Result/Discussion/Summary/Conclusion and Recommendation आदिको छुट्टै पि.डि.एफ. टेक्स फायल (PDF Text File) गरी तीन वटा पि.डि.एफ. टेक्स (PDF Text File) फर्माटमा शोधपत्रको डिजिटल फायल बनाई पेनड्राइभमा राखी पेश सक्कल बैंक भौचरसाथ पेश गर्नुपर्ने ।
२. रकम जम्मा गर्ने खाता नं. विवरण ः
खातावालको नाम ः त्रि.वि. पाठ्यक्रम विकास केन्द्र
बैंक खाता नं. ः ०४५००१०००९९०७८०००००१
बैंकको नाम ः नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखा