text/x-generic nav.blade.php ( ASCII text )

दुई कर्मचारीको बिदाई कार्यक्रम सम्पन्न 

  • Time: 2023-01-22 19:27:12
  • Page Visit: 3251
img

गोदावारी (७ माघ) त्रिवि सेवामा चालिसौं वर्ष सेवा गरेर पाठ्यक्रम विकास केन्द्रबाट अनिवार्य अवकासमा सेवा निवृत्त आदरणीय उपप्रशासक सुवासनन्द खरेल सर र सेवाबाट राजिनामा दिएर निवृत्त हुनुभएका मुख्य कार्यालय सहायक गोपीमान सिंह सर समेतको आगामी दिन सुखमय र निरोगी भई वितोस् भन्ने शुभकामना सहित दुवै जनालाई आज वनभोज कार्यक्रममा बिदाई गरियो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादव, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल, कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्की लगायतले बिदाई समारोहलाई सम्बोधन गर्नुभएको थियो ।