text/x-generic nav.blade.php ( ASCII text )

अनलाइन आवेदन फारम भर्दा सेवाग्राहीले ध्यान दिनुपर्ने कुराहरु

  • Time: 2021-07-02 20:19:46
  • Page Visit: 1870729
img

१. त्रिवि पाठ्यक्रम विकास केन्द्रको वेवसाइट www.tucdc.edu.np मा गइसकेपछि  Registration for Equivalence बटममा क्लिक गरी आफ्नो इमेल र मोवाइल नं. राखेर आफुलाई सिस्टममा दर्ता गराउनुहोस् । अरुको मोवाइल र इमेल प्रयोग नगर्नुहोला । 

२. त्यसपछि तपाईंको इमेल दर्ता भइसकेपछि त्यसलाई Active गर्न इमेलको Inbox मा गई  Activation Link मा क्लिक गर्नुहोस् ।  

३. अब तपाईंले युजर आई डीको रुपमा इमेल र पासवर्ड प्रयोग गरी सिस्टममा प्रवेश गर्र्नुहोस् ।

४. आवेदकले आफ्नो नाम Profile Section को Personal Info अन्तरगत Full Name र Address लगायतका विवरण  शैक्षिक प्रमाणपत्रहरुमा उल्लेख भए अनुसार नै प्रविष्ट गर्नुपर्नेछ । साथै आफ्नो आधिकारिक ठेगानालाई नै उल्लेख गर्नुपर्छ ।  

५. त्यसपछि आफुले अध्ययन गरेको विश्वविद्यालय र पढेको विषय छनौट गर्नुहोस् । त्यसपछि Next गर्नुहोस् । त्रिविबाट निर्णय भइसकेको विषय हो भने तपाईंले सो विषय छनौट गरी  अगाडि बढ्न सक्नुहुनेछ । तर नयाँ विश्वविद्यालय र नयाँ विषय रहेछ भने Add New University  र Add New Subject मा क्लिक गरी आफ्नो विषय टाइप गर्नुहोस् । पिएच.डी. उपाधि प्राप्त सेवाग्राहीले प्रक्रियामा आवेदन गर्नुपर्ने भएकोले अनिवार्य Add New Subject अप्सनमा गई आफ्नो प्रमाणपत्रमा भए बमोजिमको पिएच.डी. उपाधि लेख्नु पर्नेछ । 

६. त्यसपछि दोस्रो ट्याबमा आफुले प्राप्त गरेको सबै प्रमाणपत्रहरु र कागजातहरु पि.डि.एफ. फायल (बढिमा ५ एमबिको फायल हुनुपर्छ) मा अपलोड गर्नुहोस् ।  जुन तहको शैक्षिक प्रमाणपत्रको समकक्षता गराउनु पर्ने हो, सो तहको शैक्षिक प्रमाणपत्रहरु र सो तहभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र र ट्रान्स्क्रिप्ट पनि स्क्यान गरी अपलोड गर्नुपर्नेछ । तल्लो तहको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड र त्रिवि बाहेक नेपालभित्र र विदेशी अन्य शैक्षिक संस्थाबाट अध्ययन गरेको भएमा सोको समेत समकक्षता गराएर प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

आवश्यक  कागजात सम्बन्धमा FAQ मा गएर विस्तृत हेर्नुहोला । (पिडिएफ फायल साइज पाँच एमबिसम्मको बनाउन यो लिँकमा Instruction मा क्लिक गर्नुहोस्) 

७. त्यसपछि तपाईंको आवेदन Send गर्नुहोस् र अर्को तेस्रो ट्याबमा अनलाइनबाट दस्तुर आवेदन शुल्क तिर्नुहोस् । अनलाइनबाट शुल्क तिर्न तपाईंले इसेवा र खल्तीको लोगो देख्नु हुनेछ । त्यसमा  क्लिक गरेर तपाईंलाई सिस्टमले देखाएको आवेदन दस्तुर तिर्नुहोस् । तपाईंले शुल्क तिरिसकेपछि फिर्ता नहुने हुँदा शुल्कबारे आफु सुनिश्चित भएर मात्र तिर्नुहोला । सेवाग्राहीले आवेदनबापत तिरिसकेको शुल्क रकम फिर्ता हुनेछैन । 

८. तपाईंले पेश गर्नुभएको आवेदन अगाडि गएर बस्नेछ र त्यसमा देखिएको Remarks मा तपाईंको फारम रुजु भइसकेपछि जानकारी आउने छ । तर अनलाइन आवेदन फर्म भरेको एक दिन पछि मात्र निवेदन आई. डि. नम्बर लिएर स्वयम् उपस्थित भई झ्याल नं. १ मा रुजु गराउन सक्नुहुनेछ । झ्यालको सेवा प्रवाहमा भिडभाड हुने हुँदा सोहि दिन आवेदन फारम रुजु गरिने छैन । 

 ९. तपाईंको आवेदनको स्टाटस के भइरहेको छ भनेर बिदाको दिन बाहेक बढीमा तीन कार्य दिनभित्र कैफियतमा देखिनेछ । यदि तपाईंको कागजात अपुग भएको अवस्थामा कागजात थप गर्न रिमार्कमा जानकारी आउनेछ । कागजात थप गर्नु भनेर रिमार्कमा उल्लेख भएकोमा तपाईंले माग भए बमोजिमको थप कागजात एउटै पिडिएफ फायलमा मर्ज गरी अपलोड गरिसकेपछि कार्यालयमा आई झ्याल नं. १ मा रुजु गराउनु होला । हरेक दिन एक बजेभित्र सेवाग्राहीले कार्यालयमा आई रुजु गराएको आवेदन स्वीकृत भएमा सोहि दिन प्रमाणपत्र प्रदान गरिनेछ । दुर्ई बजेपछि रुजु भएको सेवाग्राहीको आवेदनहरु स्वीकृत भई भोलिपल्ट मात्र प्रमाणपत्र वितरण हुनेछ । 

१०.  तपाईंको कागजात पुगेको छ र रुजु गर्दा फारम स्वीकृत भएको अवस्थामा Green colour मा Approved देखिनेछ र तपाईंको आवेदन त्यहाँबाट हराउनेछ । त्यसपछि मात्र तपाईंले कार्यालय समयमा आएर आफ्नो समकक्षता प्रमाणपत्र बुझेर लैजान सक्नुहुनेछ । फर्म स्वीकृत भएको जानकारी इमेलमा आउने नभई लग इन गरेर हेर्दा आवेदनको स्टाटसमा Approved देखिने हो । 

११.  प्रक्रियामा लैजान चार हजार आवेदन शुल्क तिर्नुहुने सेवाग्राहीहरुको फारम रुजु भइसकेपछि कागजातको प्रतिलिपीहरु कार्यालयमा पेश गर्न बिदाको दिन बाहेक बढिमा तीन कार्य दिनभित्र सिस्टमबाटै जानकारी गराइनेछ । कागजात पुगेको भनी सिस्टममा जानकारी प्राप्त भएपछि सेवाग्राहीले सो कागजातको प्रतिलिपी फायलमा राखेर तीन दिनभित्र कार्यालयको झ्याल नं. १ मा बुझाउनु पर्नेछ । फायल बुझाएपछि कार्यालयले प्रक्रियामा रहेको भनेर पत्र उपलब्ध गराउने छ । पिएच.डी.को सबै आवेदनहरु प्रक्रियामा लैजानुपर्ने भएकोले चार हजार तिरी पेश गर्नुपर्नेछ । 

१२. अनलाइनमार्फत सेवाग्राहीले भरेको कुनै पनि विवरणमा त्रुटी भएमा वा फरक पर्न गएमा सेवाग्राही स्वयम् जिम्मेवार हुनुपर्नेछ । यसमा कार्यालय जवाफदेहि हुनेछैन । त्यसैले सेवाग्राहीले बारम्बार सोधिने प्रश्नहरु (FAQ) मा राखिएको जानकारी राम्रोसंग पढेर सचेततापुर्वक आवेदन भर्न हुन अनुरोध छ ।  

१३. अनलाइन फारम भर्दा कुनै पनि समस्या आएमा तपाईंले यो इमेल ठेगाना helpdesk.cdc@tu.edu.np मा लेखेर पठाउनुहोस् । हामी तपाईको समस्याबारे छलफल गरेर इमेलमार्फत नै जवाफ दिनेछौं । वर्तमान परिस्थितिका कारण तपाईंलाई कार्यालयमा प्राविधिक जानकारी गराउन असमर्थ छौं ।