कार्यकारी निर्देशक पदमा प्राध्यापक डा. तिवारी नियुक्त
- Time: 2025-10-19 15:18:16
- Page Visit: 20

त्रिवि कार्यकारी परिषद्को निर्णय बमोजिम त्रिवि पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा प्राध्यापक डा. रामकृष्ण तिवारी नियुक्त हुनुभएको छ । आइतवार एक कार्यक्रमका बीच उहाँले पाठ्यक्रम विकास केन्द्रमा पद वहाली गर्नुभयो ।
पदवहाली कार्यक्रममा बधाई ज्ञापन गर्नुहुँदै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले उहाँको कार्यकालमा पाठ्यक्रम विकास केन्द्रको मुल मर्म बमोजिमको काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै सेडिडका कार्यकारी निर्देशक सहप्राडा राजेन्द्र कुँवरले नव नियुक्त कार्यकारी निर्देशक तिवारीलाई बधाईं दिनुहुँदै पाठ्यक्रम विकास केन्द्रको काम विश्वविद्यालयको गरिमासँग जोडिएकोले महत्वपूर्ण रहेको बताउनु भयो । समकक्षता शाखाका प्रमुख सुशील दाहालले आगामी दिनमा नव नियुक्त कार्यकारी निर्देशकको नेतृत्वमा पाठ्यक्रम विकास केन्द्रको काम कारवाही अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्दै बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो । पदवहाली कार्यक्रममा क्यूएएका निर्देशक अच्युत अधिकारी लगायत अतिथिहरु एवम् पाठ्यक्रम विकास केन्द्रका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।