भुक्तानी समस्या हुने सेवाग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
- Time: 2021-09-10 22:52:58
- Page Visit: 2186
यस पाठ्यक्रम विकास केन्द्रमा समकक्षताको लागि अनलाइनबाट आवेदन पेश गर्दा इसेवा र खल्तीमार्फत शुल्क तिर्ने क्रममा सिस्टममा समस्या आएको, रकम काटिएर पनि भुक्तानी पुरा नभएको खण्ड मा समस्या समाधानका लागि निम्न इमेल ठेगानामा आवेदकको नाम(APPLICANT NAME), आवेदन दर्ता नम्बर (APPLICATION ID), शुल्क(Amount), कारोबार के बाट सम्पन्न गरिएको (खल्ती वा ईसेवा) उल्लेख गर्ने (PAYMENT TYPE), कारोबार मिति (TRANSACTION DATE), र कारोवार भएको ट्रान्ज्याक्सन आईडि (TRANSCATION ID) लेखेर निम्न अनुसार व्यहोरा लेखी TUCDC20@GMAIL.COM मा व्यक्तिगत रुपमा नभई कारोबार सम्पन्न गरिएको संस्थाको (खल्ती वा ईसेवा) कस्टमर केयर शाखा मार्फत इमेल गर्न गराउन हुन अनुरोध छ| पुनश्च: व्यक्तिगत रुपमा पठाईएका इमेल को आधिकारिकता पहिचान मा समस्या हुने हुदा कारोबार भएका संस्था मार्फत नै इमेल गराउन हुन जानकारी गरिन्छ, यसरी नआएका इमेलको कुनै प्रकिया अगाडी बढाईने छैन|
खल्ती मार्फत भुक्तानी गर्दा:
Email: merchant@khalti.com /aayush@khalti.com अथवा Viber/WhatsApp: 9801165565
ईसेवा मार्फत भुक्तानी गर्दा:
Toll-Free No: 1660-01-02121
Email: csd@esewa.com.np
Viber No: +977-1234512345
WhatsApp No: +9779869232121
(For general inquiry and technical assistance)
Customer Support: 01-5970121, 9804442435