अनलाइन आवेदन फारम भर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना
- Time: 2021-06-23 17:50:58
- Page Visit: 4325
उपर्युक्त बिषयमा यस पाठ््यक्रम विकास केन्द्रले समकक्षता प्रदान गर्ने प्रक्रियाका सम्बन्धमा विद्यमान कोभिड—१९ महाव्याधीका कारण भौतिक रुपमा उपस्थित भएर सेवा प्रवाह गर्न नसकिएको अवस्थामा यस कार्यालयको वेवसाइट www.tucdc.edu.np बाट अनलाइन रजिष्ट्रेशनमार्फत समकक्षताको लागि आवेदन फारम भर्न सकिने र अनलाइन प्रविधिबाटै आवेदनबापत लाग्ने दस्तूर तिर्न सकिने गरी समकक्षतासम्बन्धी सफ्टवेयरको प्रबन्ध गरी यहि मिति २०७८ आषाढ २० गतेपश्चात शूरुवात हूने गरी प्रयोगमा ल्याएको व्यहोरा सम्बन्धित सबै सरोकारवाला एवम् सेवाग्राही महानूभावहरुमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । वेवसाइटमा राखिएको अनलाइन आवेदनसम्बन्धी निर्देशनहरु अध्ययन गरी सोहि बमोजिम माग गरेका सम्पूर्ण कागजातहरु सहित आवेदन दिनूहून समेत अनूरोध गरिन्छ ।